मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको शालिक निर्माण गरिने

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठको अर्धकदको शालिक निर्माण गरिने भएको छ । संस्थापक क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसको स्थापना र विकासमा पुर्‍याउनु भएको योगदानको सम्मान गर्दै क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले शालिक निर्माण गर्ने निर्णय गरेको हो ।

२०७२ सालको भूकम्पमा परी संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको निधन भएको थियो । २०३७ सालमा क्याम्पस स्थापना भएदेखि क्याम्पस प्रमुख हुनुभएका श्रेष्ठले २०४५ सालसम्म क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । शालिक निर्माण गरी २०७९ साल बैशाख १२ गते अनावरण गरिने बताइएको छ ।

शालिक बनाउन मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेललाई जिम्मेवारी दिइने जानकारी गराउनु हुँदै पूर्वविद्यार्थी संगठनका सचिव अर्जुनप्रसाद चौलागाईले लागतको विषयमा केही दिनमै जानकारी हुने बताउनुभयो । पूर्वविद्यार्थीबाटै आर्थिक सहयोग जुटाएर शालिक निर्माण गर्ने पनि चौलागाईले स्पष्ट पार्नुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संगठनका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय शालिक निर्माण समिति गठन गरिएको छ । सोमबार मकवानपुर क्याम्पसमै बसेको पूर्वविद्यार्थी संगठनको बैठकले शालिक निर्माण समिति र अनुगमन समिति निर्माण गरेको संगठनका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिनुभएको छ ।

शालिक निर्माण समितिको सचिवमा अर्जुनप्रसाद चौलागाई, कोषाध्यक्षमा माया पौडेल, सदस्यमा प्रताप विष्ट, विनोद रिजाल, ईन्द्रप्रसाद नेपाल, र प्रभाकर पाण्डे रहनुभएको छ । यस्तै अनुगमन समितिको संयोजकमा यमबहादुर सिलवाल, सदस्यमा हरिबहादुर राउत, मोहनप्रसाद शर्मा र सत्यनारायण सिलवाल रहनुभएको छ ।

News Source: Samriddha Samaj

Publish Date: 2078-05-08

मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा बीबीएममा नेपाल प्रथम

मकवानपुर । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा बीबीएम सङ्कायमा नेपाल प्रथम् भएकी छिन् । ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) सङ्कायको पाँचौं सेमेष्टरको परीक्षाको नतिजामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी हुन् । उनले सो सङ्कायको पाँचौं सेमेष्टरमा ३ दशमलब ९ जीपीए प्राप्त गरेकी छिन्

सो क्याम्पसमा अध्ययनरत छात्रा प्रजिता सुवेदीले ३ दशमलब ८८ जीपीए नतिजा ल्याउँदैं नेपाल दोश्रो भएकी छिन् ।

विगत बर्षहरुमा समेत बीबीएम सङ्कायमा उत्कृष्ट नतिजा ल्याउन सफल मकवानपुर बहुमुखी क्याम्पस सो सङ्कायको पाँचौं सेमेष्टरका शतप्रतिशत प्रथम् श्रेणीमा नतिजा ल्याउन सफल भएको छ । बीबीएम सङ्कायमा हाल २ सय ४० जना अध्ययनरत रहेको बीबीए/बीबीएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिएका छन् ।

Source: https://www.hetaudanews.com/2021/07/26551/?fbclid=IwAR2v5NxdtzDAYQ1x_s3MQMRPT70H85RCRgbR55_xPmXg_LVuLUnf6dRcVHk

अनलाइन फारम सम्बन्धि जरुरी सूचना

Importnat notice update:

स्नातक तह प्रथम वर्षको अनलाईन फारम भर्ने बिद्धार्थीहरुले मोबाईल बैंकिङ् वा अन्य कुनै डिजिटल माध्यमबाट रकम भुक्तान गर्दा Remarks मा आफ्नो नाम र तह समेत अनिवार्य उल्लेख गर्नुहुन जानकारी गराइन्छ ! साथै अनलाइन फारम भर्दा केही समस्या भए मोबाईल नम्बर 9845028520 (दिनेश महत), 9855031893(इरोज न्यौपाने), 985-5068466 (डा. रामप्रसाद अधिकारी), 9855067076 (डा. यमबहादुर सिल्वाल), 9845028013 (सन्देश बिडारी), 9855040746 (संगम चौलागाई) लाई सम्पर्क गरि बुझ्नसक्नुहुने छ !

This will close in 3 seconds