Abstract:

प्रस्तुत लेख पूर्वीय साहित्यशास्त्रको रससिद्धान्तसँग सम्बन्धित छ । पूर्वीय साहित्यशास्त्रमा विभिन्न नौ वटा रसहरू रहेका भए पनि यस आलेखमा शृङ्गार, वीर र हास्य तीन वटा रसहरूका आधारमा तीन वटा फुटकर गद्यकविताहरूको मात्र विश्लेषण गरिएको छ । अध्ययनका लागि पुस्तकालय अध्ययन विधिको प्रयोग गरिएको छ । सङ्कलन गरिएका सामग्रीहरूलाई रसविधानको सैद्धान्तिक ढाँचाका आधारमा विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्य गरिएका कारण यो अध्ययन मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । विश्लेषणका क्रममा नौ वटै रसहरू तथा तिनका विभाव, अनुभाव, व्यभिचारीभाव तथा स्थायीभावहरूको समेत चर्चा गरिएको छ । अध्ययनमा समकालीन नेपाली गद्यकवितामा पूर्वीय काव्यशास्त्रमा प्रयुक्त रसहरूको प्रयोग परिपाक रूपमा रहेको निष्कर्ष निकालिएको छ ।

Author: Khil Prasad Baral

Volume: 2

Issue: 1

Download Full Article

51 Views

Downloads