Abstract:

पूर्वीय साहित्यशास्त्रमा आचार्य कुन्तकद्वारा प्रतिपादित वक्रोक्तिसिद्धान्त मूलतः एउटा समन्वयशील सिद्धान्त हो । पूर्ववर्ती आचार्यहरूका मान्यतासमेतलाई समाहित गर्ने गरी प्रस्तुत गर्न खोजिएको यस सिद्धान्तमा कुन्तकले वक्रोक्तिका विभिन्न छ भेद तथा तिनका उपभेदहरूको चर्चा गरेका छन् । यस लेखमा उनले प्रस्तुत गरेका वक्रोक्तिका छ भेदहरूमध्ये वर्णविन्यासवक्रताका आधारमा केही समकालीन नेपाली गद्यकविताहरूको अध्ययन विश्लेषण गरिएको छ । यसका लागि सर्वप्रथम वक्रोक्तिसिद्धान्त र वर्णविन्यासवक्रताका बारेमा सङ्क्षिप्त सैद्धान्तिक चर्चा गरिएको छ । त्यस्तै समकालीन नेपाली गद्यकवितामा वर्णविन्यासवक्रताको प्रगोग कसरी भएको छ भन्ने सन्दर्भलाई स्पष्ट पार्न विभिन्न समकालीन कविका कवितांशलाई उहाहरणका रूपमा प्रस्तुत गरी तिनमा पाइने वर्णविन्यासवक्रताको अध्ययन विश्लेषण गरिएको छ । विक्रम संवत् सत्तरीको दशकयता प्रकाशित कविताहरूमा केन्द्रित यस अध्ययनमा वर्णविन्यासवक्रताका छवटै भेदहरूका आधारमा कविताहरूको विश्लेषण गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको प्रयोग गरी वर्णनात्मक पद्धतिअनुसार विवेच्य सामग्रीहरूको विश्लेषण गरिएको छ । मूलतः निगमनात्मक पद्धतिमा आधारित यस अध्ययनबाट समकालीन नेपाली गद्यकवितामा पूर्वीय काव्यशास्त्रमा वर्णित वर्णविन्यासवक्रताको सफल र सार्थक प्रयोग पाइने निष्कर्ष निकालिएको छ ।

Author: खिलप्रसाद बराल (निमेष निखिल), उपप्राध्यापक, नेपाली विभाग, मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा, मकवानपुर ।

Volume: 2

Issue: 2

Download Full Article

440 Views

Downloads