गुरु पूर्णिमामा मकवानपुर क्याम्पसका प्राध्यापकलाई सम्मान

हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले प्राध्यापकहरुलाई सम्मान गरेको छ । गुरुपूर्णिमाको अवसरमा आइतबार बिहान एक कार्यक्रमका बीच प्राध्यापकहरुलाई खादा ओढाउँदै मायाको चिनो दिएर सम्मान गरेको हो ।

स्ववियु अध्यक्ष छोइसाङ स्याङ्तान लामाको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, उपाध्यक्ष अशोक शाक्य, सदस्य विष्णुप्रसाद दाहाल, सर्केस घलान, क्याम्पस प्रमुख यमबहादुर सिलवाल, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष घनश्याम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

स्ववियुले गुरु पूर्णिमाको अवसरमा हरेक बर्ष प्राध्यापकलाई सम्मान गर्दै आएको छ । कक्षा ११ र १२, स्नातक तथा स्नात्तकोत्तर तहसम्म पठनपाठन हुने मकवानपुर बहुमुखी क्याम्पसमा ५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

समाचार श्रोत: समृद्ध समाज दैनिक