नतिजा हेर्न तलको Download लिंकमा click गर्नुहोला।
Click below to download Full ledger!!
नतिजा हेर्न तलको Download लिंकमा click गर्नुहोला।
Click below to download Full ledger!!
हेटौंडाः त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसको अवलोकन गर्नुभएको छ । आज बिहान क्याम्पसको अवलोकन गर्नुहुँदै क्याम्पस सञ्चालक समिति र क्याम्पसका प्राध्यापक, कर्मचारीसँग अन्तरक्रिया समेत गर्नुभएको छ । त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तहमा कानुन संकाय र इन्जिनियरिङ विषयको सम्बन्धनका लागि उपकुलपतिसँग प्रस्ताव गरिएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
छलफलमा उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले इन्जिनियरिङ संकायको सम्बन्धन अन्य संकायसँग दिन नमिल्ने व्यवस्थाबारे जानकारी गराउनुहुँदै स्नातक तहमा कानून संकायको सम्बन्धन दिन सकिने र प्रक्रिया अगाडि बढाउन भन्नुभएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । उपकुलपतिसँगको छलफलमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त प्रसाद पौडेल, सदस्यहरु बद्रिप्रसाद लम्साल, अशोक शाक्य, राजीव सुवेदी, सहायक क्याम्पस प्रमुखहरु रामेश्वर बराल, डा. रामप्रसाद अधिकारी, डा. यमबहादुर सिलवाल, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भोजराज ढकालको पनि उपस्थिति रहेको थियो ।
Source: Samrriddha Samaj Dainik
हेटौंडा, ५ साउन/लकडाउनका कारण करिब चार महिना बन्द रहेको मकवानपुर बहुमुखी क्याम्पसले अध्यापन गराउने तयारी गरेको छ । लकडाउन केही खुकुलो भएसँगै क्याम्पसले पठन पाठन सुचारु गर्ने तयारी गरेको हो ।
क्याम्पसले अनलाइन माध्यमबाट सम्भव भएसम्मका विद्यार्थीलाई सहभागी गराएर पठनपाठन सुचारु गर्ने तयारी गरेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिए । कक्षा ११ का विद्यार्थीको मूल्यांकन गर्ने, नियमित पठनपाठन सञ्चालन गर्ने तथा नया“ भर्नाको व्यवस्थापनको विषयलाई लिएर मकवानपुर बहुमुखी क्याम्पसको प्राज्ञिक समितिको बिहीबार छलफल गरेको छ । प्राज्ञिक समितिको छलफलपछि क्याम्पसले संकायगत छलफल गरिरहेको छ । शुक्रबार व्यवस्थापन संकाय प्रमुख, विभागीय प्रमुख तथा प्राध्यापकबीच छलफल सञ्चालन गरेको थियो भने सोमबार बिहान मानविकी तथा शिक्षाशास्त्र संकाय र विज्ञान संकायका प्रमुख एवम् विभागीय प्रमुख तथा प्राध्यापकहरुबीच छलफल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक परीक्षा र कक्षामा विद्यार्थीको उपस्थितिका आधारमा मूल्यांकन गरी कक्षा ११ को वार्षिक नतीजा प्रकाशन गर्ने जनाएको छ । बोर्डले निर्देशिका जारी नगरिसकेको अवस्थामा क्याम्पसले आवश्यक तयारी गर्न सुरु गरेको क्याम्पस प्रमुख उपाध्यायले बताए । यस्तै क्याम्पसले साउन दोस्रो सातादेखि कक्षा १२ र स्नातक तहको पठनपाठन अनलाइनमार्फत सञ्चालन गर्ने तयारी गरेको मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक प्रमुख एवम् सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले जानकारी दिए । क्याम्पसमा ठूलो संख्यामा विभिन्न जिल्ला एवम् प्रदेशका विद्यार्थी भएकाले सबैलाई समेट्न नसकिए पनि सम्भव भएसम्मका विद्यार्थीलाई क्रमशः नियमित पठनपाठनमा सहभागी गराउने सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले बताए ।
Source: https://rb.gy/tlpv76
हेटौँडा,६, चैत्र ।
कोरोना भाईरसको त्रासको कारण हेटौँडामा रक्तदान कार्यक्रमहरु कमि भैरहेको अवस्थामा मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना भएको छ ।
आज युवा रेडक्रस सर्कल मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा २२ जनाले रक्तदान कार्यक्रम गरेका थिए । रगत अभाव भएको र रगत संकलनको लागि रक्त सञ्चार केन्द्रले आह्वान गरेको खबर खबरब्रेकले हिजो सार्वजनिक गरेको थियो ।
सर्कलका अध्यक्ष संतोषी पुडासैनीको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहाल, शिक्षक नायक उदय अधिकारी लगएतकले मन्तव्य ब्यक्त गरेका थिए ।
Source: khabarbreak.com
हेटौँडा,१३, फागुन ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब आम नागरिकहरु उत्पादनसँग जोडिनुको बिकल्प नभएको बताएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा आज हेटौँडामा भएको ब्यवसायिक अबसर र उद्यमशिलता विषयक एकदिने कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पढेर मात्र नभै पढेको कुरालाई ब्यवसायिकतामा परिवर्तन गर्नुपर्ने बताए ।
क्याम्पसको स्नातक तह विविए तथा विविएमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आयोजना गरिएको कार्यशालामा बोल्दै मुख्यमन्त्री पौडेलले अब घोकन्ते विद्याले मात्र नहुने बताए ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुनुपर्ने भन्दै उनले सिकाई शिक्षालाई जोड दिनुपर्ने बताए । हामीले भौतिक विकासलाई मात्र विकास देख्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै उनले सबै पक्षको विकास भएमात्र समृद्धि हाँसिल आउने दाबी गरे ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष माईकल रामचन्द्र अर्याल, क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यय लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यार्थीहरुको लागि शुसिल पोखरेलले श्रोत ब्यक्तिको रुपमा सहजिकरण गरेका छन् ।
News Source: https://www.khabarbreak.com
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले लिएको नीति भनेको प्राविधिक शिक्षा रहेको वताउनु भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा आज हेटौँडामा भएको ब्यवसायिक अबसर र उद्यमशिलता विषयक एकदिने कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अव रोजगार खोज्न आफु हिड्ने भन्दा पनि रोजगार दाता कलेजमा आउने वातावरण तयार गर्नुपर्ने वताउनुभयो ।
अब आम नागरिकहरु उत्पादनसँग जोडिनुको बिकल्प नभएको उहाँले बताउनुभयो । पढेर मात्र नभै पढेको कुरालाई ब्यवसायिकतामा परिवर्तन गर्नुपर्ने बताउनुभयो । क्याम्पसको स्नातक तह विविए तथा विविएमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आयोजना गरिएको कार्यशालामा बोल्दै मुख्यमन्त्री पौडेलले अब घोकन्ते विद्याले मात्र नहुने बताउनुभयो ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुनुपर्ने भन्दै उनले सिकाई शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । हामीले भौतिक विकासलाई मात्र विकास देख्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै सबै पक्षको विकास भएमात्र समृद्धि हाँसिल आउने दाबी गर्नुभयो ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष माईकल रामचन्द्र अर्याल, क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यय लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, क्याम्पसका लेखा समितिका अध्यक्ष हरि हुमागाई, क्याम्पस क्याम्पस सञ्चालक समितिका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।
Makawanpur Multiple Campus (MMC) is going to organize one day conference on “Igniting Entrepreneurial Thinking in Youth’s Mind” on February 25, 2020. For the promotion of quality measures, campus should organize workshop, seminar, conference, dialogue on contemporary issues in regular basis. Entrepreneurship is considered as engine of economy. Economy can not drive on the path of prosperity without innovative and competitive entrepreneurs in the country. Keeping that in mind, an in campus one day conference is proposed on the title Conference on “Igniting Entrepreneurial Thinking in Youth’s Mind”. The conference has targeted to all BBA/BBM students studying in this campus.
Conference Objectives: General objective of this conference is to bring conducive entrepreneurial environment in the country.
Method: Paper Presentation on various themes by resource persons, experience sharing by entrepreneur from industrial sector.
Participants: All students who are studying in BBA/BBM. Total participants are around 250.
Expected Outcome: Fresh graduates will be motivated towards thinking in innovation and will be attracted in entrepreneurial career planning. They may plan for start-up together. Mind set will be changed to go abroad and be sure to do something in the country. They will better understood entrepreneurship.
For Detail Schedule: https://mmchetauda.edu.np/wp-admin/post.php?post=628&action=edit
हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा २९ औं बार्षिक उत्सव तथा स्ववियु खेलकुद महोत्सवको आज समापन गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस क्याम्पस अवको तीन वर्ष भित्रमा विश्व विद्यालय निर्माण गर्ने वताउनुभएको छ । विश्व विद्यालयको परिकल्पनाका साथ काम गरिएको उहाँले वताउनुभयो । विद्यार्थी क्याम्पसका गौरव भएको वताउनुभयो ।
विद्यार्थी सृजनाका धनी रहेको उहाँले वताउनुभयो । क्याम्पसका स्ववियु सभापति कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेल, सदस्य प्रलाद लामिछाने, बद्री लंसाल, अशोक शाक्य, कृष्ण कटुवाल, क्याम्पस प्रमुख शंकर उपाध्याय लगायतकाको आतिथ्यता रहेको थियो ।
स्ववियुको बार्षिक उत्सवका अवसरमा आज क्याम्पसका संचालक समितिका पूर्व अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पसका उत्कृष्ट विद्यार्थी, प्राध्यापक, पूर्व क्याम्पस प्रमुख लगायतका क्षेत्रमा उत्कृष्ट भएकालाई आज सम्मानित गरेको हो । क्याम्पसमा आज नाचगानको भव्य कार्यक्रम समेत गरिएको थियो ।
News published in https://www.janapatra.com/ , Date: 2076-10-29
मकवानपुर बहुमुखी क्याम्पसको ३९ औ वार्षिकोत्सबको अवसरमा संचालन भएको बिभिन्न खेलकुद कार्यक्रमहरुमा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण तथा क्याम्पसमा कार्यरत रही यसै वर्ष सेवा छोड्नु भएका प्राध्यापक तथा संचालकज्यूहरुलाई सम्मान गर्ने कार्यक्रम यहि मिति २०७६।१०| २९ गते सम्पन्न भएको छ। साथै २०७५ सालको विभिन्न तह र कक्षाहरुमा उच्च अंक ल्याई प्रथम हुने महिला र पुरुष बिद्धार्थीहरुलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणि पौडेलले सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो।
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत प्रजिता सुवेदी नेपाल ट्प्पर भएकी छिन् ।
हेटौंडा उपमहानगरपालिका-२ बस्ने प्रजिता बिबिएम ४ वर्षको परिक्षामा ३.९३ जिपिए प्राप्त गर्दै नेपाल टप्पर बनेकी हुन् ।
उनीसँगै मनिषा लुईटेलले ३.८३, एन्जिला खड्काले ३.७३ र सर्वेश आचार्यले ३.६९ जिपिए प्राप्त गरेको BBM/ BBA डाइरेक्टर मधुकुमार सिंंहलेे जानकारी दिए ।
क्याम्पसले हरेक वर्ष सत प्रतिशत नतिजा निकाल्दै आएको समेत डाइरेक्टर सिंहले बताए ।
Source: https://www.lalkhabar.com/, Publish Date: 2076-10-28
तहका विभिन्न शैक्षिक कायृक्रम सञ्चालन गर्दै आएको मकवानपुर बहुमुखी क्याम्पसमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नयाँ शैक्षिकसत्रबाट मकवानपुर बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायअन्तर्गत स्नाकोत्तर तहमा अंग्रेजी र शैक्षिक मूल्यांकन विषयको अध्यापन सुरु हुँदैछ । यसै विषयमा मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीसँग ज्योति न्यौपानेले गर्नुभएको कुराकानीः
मकवानपुर बहुमुखी क्याम्पसले स्नाकोत्तर तहमा शिक्षा सङ्कायको अध्यापन सुरु गर्ने तयारी गरेको छ । स्नाकोत्तर तहमा पनि शिक्षाशास्त्रको कार्यक्रमको आवश्यकता भएको हो ?
अधिकारीः मकवानपुर बहुमुखी क्याम्पसले शिक्षाशास्त्र संकायको स्नातक तहमा २०५९ सालदेखि कक्षा सञ्चालन गर्दै आएको छ । त्यस बीचमा बिएड उत्तीर्ण भएका विद्यार्थीहरुले धेरै अगाडिदेखि नै स्नातकोत्तरको तह एमएडको पढँइको माग हुँदै आएको हो । त्यस क्रममा हामीले विभिन्न तहको पहल गरयौँ । यस वर्षबाट एमएड तहको स्वीकृति प्राप्त गरेका हौँ । विशेषगरी विद्यालय तहदेखि क्याम्पस तहसम्म पढाउनको लागि शिक्षा सङ्काय अन्तर्गत अध्ययन गर्ने शिक्ष्ँकहरू उत्पादन गर्ने एउटा उद्देश्य हो भने अध्ययन अध्यापन कार्यमा अरु विषयको शिक्ष्ँक भन्दा शिक्षा विषयको शिक्षकहरु शिक्ष्ँण सिकाई प्रक्रिया विभिन्न शिक्षण सामग्री अथवा शिक्षण विधि विषयमा बढि जानकारी हुने भएको कारणले गर्दा यो सङ्काय सञ्चालन गर्न लागेको हो ।
हेटौडाका अन्य क्याम्पसले शिक्षा शास्त्र सङ्कायको कक्षा सुरु गरिरहँदा मकवानपुर बहुमुखी क्याम्पसले पनि फेरि त्यही सङ्कायले सुरु गर्दा अस्वस्थ प्रतिस्पर्धा भएन र ?
अधिकारीः शिक्षामा प्रतिस्पर्धा हुन्छ, तर हामी अस्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दैनौं । हामी मिलेर नै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने हो । किनभने एउटा क्याम्पसले चलाएको कार्यक्रम अर्को क्याम्पसमा कहिलेकाहीँ आउँछ । सबै कुरा चाहेर मात्र हुन्छ भन्ने पनि छैन । हामीले सोचे जसरी सबै विषय प्राप्त गर्न पनि सकेनौँ । यसपल्ट एमएड मा अङग्रेजी इपिएम दुईवटा विषय प्राप्त गर्न सकेका छौं । त्रिविले स्वीकृति दिएको छ । हामी दुबै क्याम्पसको बीच एकआपसमा सहयोगी भावना विकास गरेर यो सहयोगहरू आदनप्रदान गर्दै अगाडि बढ्छौं । अस्वस्थ प्रतिस्पर्धा हामी गर्दैनौं ।
मकवानपुर बहुमुखी क्याम्पसमा धेरै विद्यार्थीहरु छन् जसलाई एउटा पूर्णरुपमा व्यवस्थापन गर्न सकेको छैन भन्ने गुनासो चलिरहेको बेलामा अर्को संकाय थप्दा यसले अप्ठेरो सिर्जना गर्दैन ?
अधिकारीः बिहानको समयमा अलिकति व्यवस्थापन गर्नलाई गाह्रो भएको हो । क्याम्पस प्रशासनमा हामी भर्खरै आएका हौं । हामी आफ्नो हिसाबले पहल गर्दैछौं र त्यसलाई पनि व्यवस्थित गर्दै लैजान्छौं र यो साँझमा चल्ने कार्यक्रम हो । साँझमा चल्ने कार्यक्रम धेरै राम्रोसँग चलिरहेको छ । अरु विषयहरु पनि चलिरहेको छ । सबै व्यवस्थित रुपमा चलिरहेको छ ।
मकवानपुर क्याम्पस अहिले नयाँ सञ्चालकले नेतृत्व गर्दै आएको छ, क्याम्पसप्रति आकर्षण बढाउनका लागि यहाँहरुले के गर्दै हुनुहुन्छ ?
अधिकारीः मकवानपुर बहुमुखी क्याम्पसमा हामीले चाँडै नै श्रव्यदृश्य अर्थात मल्टिमिडियाको प्रयोगबाट सबै कक्षामा पढाउने कुरा छ । शिक्ष्ँकलाई शिक्ष्ँण सिकाई प्रक्रियाका बारेमा तालिमहरु दिने योजनाहरु बनाइराखेका छौं । त्यसैगरी शिक्ष्ँण सिकाई प्रक्रियालाई चाहिँ अनुसन्धानसँग जोडेर अनुसन्धानात्मक विधि अपनाएर शिक्ष्ँण सिकाई प्रक्रियामा सुधार गर्ने, शिक्ष्ँण सिकाई प्रक्रियाबाट सिकाईलाई नतिजामुखीतिर लैजाने र शिक्षामा गुणस्तरीय शिक्षा वृद्धि गर्नाको लागि हामीले विभिन्न योजना बनाएर राखेको छौं । कार्यान्वयन गर्न त्यो फेजमा पुगेका छैनौं निकट भविष्यलाई नै हाम्रो योजना कार्यान्वयनमा आएपछि गुणस्तर वृद्धिमा सुधार हुन्छ ।
योजना बनाउँदा सुझावहरु कोसँग लिनुहुन्छ ?
अधिकारीः हामीले नयाँ योजना बनाउनुभन्दा अगाडि सुझाव सङ्कलनको कामहरु हुन्छ । हाम्रो आफ्नै एउटा उद्देश्य छ । त्यो उद्देश्यहरु तयार भइसकेपछि त्यो अनुसारको सुझाव सङ्कलन हामी सरोकारवाला जोजो हुन्छन् त्यहाँ विद्यार्थी अभिभावक सञ्चालक समिति प्राध्यापकहरु पनि कर्मचारी सबैसँग सुझाव सकंलन गर्छौ । उहाँहरुको सुझावलाई पनि समायोजन गरेर अनि हामी एउटा विशिष्ट खालको योजना बनाएर अगाडि बढ्छौँ ।
अहिले क्याम्पसमा कुन सङ्कायमा विद्यार्थीको चाप बढिरहेको छ ?
अधिकारीः हामी कहाँ व्यवस्थापन संकायमा विद्यार्थीको चाप अलि बढी छ । अरु संकायमा पनि अहिले बढ्ने क्रम रहेको छ । शिक्षा संकायमा पनि विद्यार्थी अहिले धेरै नै बढिरहेको छ । मानविकी सकांय चाहिँ हाम्रोमा मात्रै पढाई हुन्छ त्यो कारणले मानविकी सकांयमा पनि विद्यँर्थी स्वाभाविक नै हो ।
विद्यार्थीको शैक्षिकअवस्था हेर्दा अवस्था हेर्दा बढी उत्तीर्ण हुने दर कुन सङ्कायमा देखिन्छ ?
अधिकारीः संकायको हिसाबले हेर्दा विज्ञान संकायको रिजल्ट अलि राम्रो छ । त्यसपछि शिक्षा सङ्कायमा राम्रो छ । त्यसपछि वाणिज्य वा व्यवस्थापन सङ्काय र मानविकी सङ्काय हुँदै राम्रो छ । कहिले काहिँ तलमाथि भइरहन्छ । विज्ञान संकाय नै उत्कृष्ट नै छ ।
यहाँबाट पढेर गएका विद्यार्थीहरू कहाँ कहाँ खपत भएका छन् केही त्यस्तो रेकर्डहरु पाउनुभएको छ ?
अधिकारीः विज्ञान सकांयबाट पास हुने धेरैजसो रोजगार नै छन् । कोही डाक्टर भइसके, कोही इन्जिनियर भइसके कोही शिक्ष्ँककै रुपमा काम गरिहेको छ । कोही विभिन्न कम्पनीहरुमा केमिस्टरको रुपमा काम गरिरहेको छन् । शिक्षाको कुरा गर्दा पनि धेरै विद्यँर्थीहरु लगभग धेरै विद्यार्थीहरु रोजगार छन् । बिएड पास गरिसकेपछि शिक्ष्ँकमा नाम निकालेर पनि गएका छन् । त्यसैगरी लोकसेवा आयोगको तयारी गरेर पनि गएका छन् । अब वाणिज्य संकाय त झन विभिन्न खालको यो सहकारीहरुमा आवद्ध भएका छन् । त्यसैगरी बैङ्कमा जागिर गरेको छन् । विभिन्न कम्पनिहरुमा पनि लेखापालको रुपमा जागिर प्राप्त गरेको छन् । अनि यतापट्टि हाम्रो मानविकी संकायको पनि विशेषगरी मानविकी सकांयको विद्यार्थीहरुको पनि लोकसेवा आयोगप्रति बढी आकर्षण छ । मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि लोकसेवा आयोग तयारी गरेर धेरै संख्यामा नाम निकालिरहेका छन् ।
Originally Published in Samriddha Samaj National Daily
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यालय युनियन (स्ववियु) को आयोजनामा खेलकुद महोत्सव जारी छ । पुस १० गतेबाट सुरुभएको स्ववियु खेलकुद महोत्सवको सातौं दिन बिहिबारसम्ममा भलिबल, क्रिकेट, कबर्डी, वक्तृत्वकला, चित्रकला, टेबल टेनिस, ५ किलोमिटर दौड लगायतका खेलहरुको फाईनल भैसकेको छ । त्यस्तै फुटबल प्रतियोगिता भने नकआउट चरणको दास्रो खेलहरु भैरहेका छन् । फुटबल प्रतियोगितामा जम्मा ५६ वटा टिमहरु सहभागि भएका छन् ।
भलिबलको पुरुषतर्फ व्यवस्थापन संकाय अंग्रेजी माध्यम प्रथम वर्षले र महिलातर्फ पनि व्यवस्थापन संकाय अंग्रेजी माध्यम प्रथम वर्षले नै उपाधि जितेको छ । क्रिकेटमा भने व्यवस्थापन संकाय अंग्रेजी माध्यम तेस्रो वर्षले जित हात पारेको छ । कवर्डी खेलको पुरुष र महिला दुबैतर्फ मानविकी संकाय कक्षा १२ ले खेलमा बाजी मारेको छ । बिहिबार टेवल टेनिस प्रतियोगिताको फाइनल खेलमा व्यवस्थापन संकाय प्रथम वर्षका सन्दिप कार्की प्रथम, व्यावस्थापन संकाय प्रथम वर्षकै विकल बर्तौला द्वितीय र विज्ञान संकाय कक्षा ११ का प्रसान प्रधान तृतीय भएका छन् । ५ किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ सागर लामा प्रथम, सुशील कुमार मण्डल दोस्रो र सुन्दर लो तेस्रो भएका छन् भने महिलातर्फ पहिलो आशामाया ब्लोन, दोस्रो रितिका तिमल्सिना र तेस्रो अमृता मोक्तान भएका छन् । त्यस्तै चित्रकलातर्फ भने विविएम तेस्रो सेमेस्टारकी सन्ध्या शाही प्रथम, व्यवस्थापन संकाय कक्षा १२ का निरज चौधरी वितीय र विज्ञान संकाय कक्षा १२ का विशाल बर्तौला तेस्रो भएका छन् । बिहिबार नै भएको १०० मिटर दौडको महिलातर्फ सन्ध्या आचार्य प्रथम, निर्जला राना मगर द्धितीय र अमृता मोक्तान तृतीय भएका छन् । पुरुषतर्फ सुवास घिमिरे र सुन्दर लो पहिलो, किसन लामा दोस्रो र बिरोज प्रजा राना तेस्रो हुन सफल भएका छन् ।
Originally Published in Samriddha Samaj National Daily
Educational Tour of BBS 4th Year which happen annually with the financial support of campus.