उत्पादनसँग जोडिनुको बिकल्प छैन : मुख्यमन्त्री पौडेल

हेटौँडा,१३, फागुन ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब आम नागरिकहरु उत्पादनसँग जोडिनुको बिकल्प नभएको बताएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा आज हेटौँडामा भएको ब्यवसायिक अबसर र उद्यमशिलता विषयक एकदिने कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पढेर मात्र नभै पढेको कुरालाई ब्यवसायिकतामा परिवर्तन गर्नुपर्ने बताए ।
क्याम्पसको स्नातक तह विविए तथा विविएमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आयोजना गरिएको कार्यशालामा बोल्दै मुख्यमन्त्री पौडेलले अब घोकन्ते विद्याले मात्र नहुने बताए ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुनुपर्ने भन्दै उनले सिकाई शिक्षालाई जोड दिनुपर्ने बताए । हामीले भौतिक विकासलाई मात्र विकास देख्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै उनले सबै पक्षको विकास भएमात्र समृद्धि हाँसिल आउने दाबी गरे ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष माईकल रामचन्द्र अर्याल, क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यय लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यार्थीहरुको लागि शुसिल पोखरेलले श्रोत ब्यक्तिको रुपमा सहजिकरण गरेका छन् ।


News Source: https://www.khabarbreak.com

This will close in 3 seconds