मकवानपुर क्याम्पसमा रक्तदान

हेटौँडा,६, चैत्र ।
कोरोना भाईरसको त्रासको कारण हेटौँडामा रक्तदान कार्यक्रमहरु कमि भैरहेको अवस्थामा मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना भएको छ ।

आज युवा रेडक्रस सर्कल मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा २२ जनाले रक्तदान कार्यक्रम गरेका थिए । रगत अभाव भएको र रगत संकलनको लागि रक्त सञ्चार केन्द्रले आह्वान गरेको खबर खबरब्रेकले हिजो सार्वजनिक गरेको थियो ।

सर्कलका अध्यक्ष संतोषी पुडासैनीको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहाल, शिक्षक नायक उदय अधिकारी लगएतकले मन्तव्य ब्यक्त गरेका थिए ।
Source: khabarbreak.com

This will close in 3 seconds