मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा बीबीएममा नेपाल प्रथम

मकवानपुर । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा बीबीएम सङ्कायमा नेपाल प्रथम् भएकी छिन् । ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) सङ्कायको पाँचौं सेमेष्टरको परीक्षाको नतिजामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी हुन् । उनले सो सङ्कायको पाँचौं सेमेष्टरमा ३ दशमलब ९ जीपीए प्राप्त गरेकी छिन्

सो क्याम्पसमा अध्ययनरत छात्रा प्रजिता सुवेदीले ३ दशमलब ८८ जीपीए नतिजा ल्याउँदैं नेपाल दोश्रो भएकी छिन् ।

विगत बर्षहरुमा समेत बीबीएम सङ्कायमा उत्कृष्ट नतिजा ल्याउन सफल मकवानपुर बहुमुखी क्याम्पस सो सङ्कायको पाँचौं सेमेष्टरका शतप्रतिशत प्रथम् श्रेणीमा नतिजा ल्याउन सफल भएको छ । बीबीएम सङ्कायमा हाल २ सय ४० जना अध्ययनरत रहेको बीबीए/बीबीएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिएका छन् ।

Source: https://www.hetaudanews.com/2021/07/26551/?fbclid=IwAR2v5NxdtzDAYQ1x_s3MQMRPT70H85RCRgbR55_xPmXg_LVuLUnf6dRcVHk

This will close in 3 seconds