मकवानपुर क्याम्पसमा बार्षिक उत्सव

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा २९ औं बार्षिक उत्सव तथा स्ववियु खेलकुद महोत्सवको आज समापन गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस क्याम्पस अवको तीन वर्ष भित्रमा विश्व विद्यालय निर्माण गर्ने वताउनुभएको छ । विश्व विद्यालयको परिकल्पनाका साथ काम गरिएको उहाँले वताउनुभयो । विद्यार्थी क्याम्पसका गौरव भएको वताउनुभयो ।

विद्यार्थी सृजनाका धनी रहेको उहाँले वताउनुभयो । क्याम्पसका स्ववियु सभापति कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेल, सदस्य प्रलाद लामिछाने, बद्री लंसाल, अशोक शाक्य, कृष्ण कटुवाल, क्याम्पस प्रमुख शंकर उपाध्याय लगायतकाको आतिथ्यता रहेको थियो ।

स्ववियुको बार्षिक उत्सवका अवसरमा आज क्याम्पसका संचालक समितिका पूर्व अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पसका उत्कृष्ट विद्यार्थी, प्राध्यापक, पूर्व क्याम्पस प्रमुख लगायतका क्षेत्रमा उत्कृष्ट भएकालाई आज सम्मानित गरेको हो । क्याम्पसमा आज नाचगानको भव्य कार्यक्रम समेत गरिएको थियो ।

News published in https://www.janapatra.com/ , Date: 2076-10-29

This will close in 3 seconds