सरकारको नीति प्राविधिक शिक्षा हो–मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले लिएको नीति भनेको प्राविधिक शिक्षा रहेको वताउनु भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा आज हेटौँडामा भएको ब्यवसायिक अबसर र उद्यमशिलता विषयक एकदिने कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अव रोजगार खोज्न आफु हिड्ने भन्दा पनि रोजगार दाता कलेजमा आउने वातावरण तयार गर्नुपर्ने वताउनुभयो ।

अब आम नागरिकहरु उत्पादनसँग जोडिनुको बिकल्प नभएको उहाँले बताउनुभयो । पढेर मात्र नभै पढेको कुरालाई ब्यवसायिकतामा परिवर्तन गर्नुपर्ने बताउनुभयो । क्याम्पसको स्नातक तह विविए तथा विविएमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आयोजना गरिएको कार्यशालामा बोल्दै मुख्यमन्त्री पौडेलले अब घोकन्ते विद्याले मात्र नहुने बताउनुभयो ।

शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुनुपर्ने भन्दै उनले सिकाई शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । हामीले भौतिक विकासलाई मात्र विकास देख्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै सबै पक्षको विकास भएमात्र समृद्धि हाँसिल आउने दाबी गर्नुभयो ।

मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष माईकल रामचन्द्र अर्याल, क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यय लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, क्याम्पसका लेखा समितिका अध्यक्ष हरि हुमागाई, क्याम्पस क्याम्पस सञ्चालक समितिका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।

News Source:https://www.janapatra.com/archives/25264?fbclid=IwAR0sSHnLjCXy34yJ4wZbS7jOm93Qtc6mhTA8GcZbr8K6rJUX3RVNfVatxyg

यसमा तपाइको मत

noteburner itunes audio converter

This will close in 3 seconds