मकवानपुर क्याम्पसमा खेलकुद महोत्सव

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यालय युनियन (स्ववियु) को आयोजनामा खेलकुद महोत्सव जारी छ । पुस १० गतेबाट सुरुभएको स्ववियु खेलकुद महोत्सवको सातौं दिन बिहिबारसम्ममा भलिबल, क्रिकेट, कबर्डी, वक्तृत्वकला, चित्रकला, टेबल टेनिस, ५ किलोमिटर दौड लगायतका खेलहरुको फाईनल भैसकेको छ । त्यस्तै फुटबल प्रतियोगिता भने नकआउट चरणको दास्रो खेलहरु भैरहेका छन् । फुटबल प्रतियोगितामा जम्मा ५६ वटा टिमहरु सहभागि भएका छन् ।

भलिबलको पुरुषतर्फ व्यवस्थापन संकाय अंग्रेजी माध्यम प्रथम वर्षले र महिलातर्फ पनि व्यवस्थापन संकाय अंग्रेजी माध्यम प्रथम वर्षले नै उपाधि जितेको छ । क्रिकेटमा भने व्यवस्थापन संकाय अंग्रेजी माध्यम तेस्रो वर्षले जित हात पारेको छ । कवर्डी खेलको पुरुष र महिला दुबैतर्फ मानविकी संकाय कक्षा १२ ले खेलमा बाजी मारेको छ । बिहिबार टेवल टेनिस प्रतियोगिताको फाइनल खेलमा व्यवस्थापन संकाय प्रथम वर्षका सन्दिप कार्की प्रथम, व्यावस्थापन संकाय प्रथम वर्षकै विकल बर्तौला द्वितीय र विज्ञान संकाय कक्षा ११ का प्रसान प्रधान तृतीय भएका छन् । ५ किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ सागर लामा प्रथम, सुशील कुमार मण्डल दोस्रो र सुन्दर लो तेस्रो भएका छन् भने महिलातर्फ पहिलो आशामाया ब्लोन, दोस्रो रितिका तिमल्सिना र तेस्रो अमृता मोक्तान भएका छन् । त्यस्तै चित्रकलातर्फ भने विविएम तेस्रो सेमेस्टारकी सन्ध्या शाही प्रथम, व्यवस्थापन संकाय कक्षा १२ का निरज चौधरी वितीय र विज्ञान संकाय कक्षा १२ का विशाल बर्तौला तेस्रो भएका छन् । बिहिबार नै भएको १०० मिटर दौडको महिलातर्फ सन्ध्या आचार्य प्रथम, निर्जला राना मगर द्धितीय र अमृता मोक्तान तृतीय भएका छन् । पुरुषतर्फ सुवास घिमिरे र सुन्दर लो पहिलो, किसन लामा दोस्रो र बिरोज प्रजा राना तेस्रो हुन सफल भएका छन् ।

Originally Published in Samriddha Samaj National Daily

This will close in 3 seconds