अन्तर्वार्ता: विद्यार्थीको मागसँगै एमएडका कार्यक्रम (रामप्रसाद अधिकारी, सहायक क्याम्पस प्रमुख)

तहका विभिन्न शैक्षिक कायृक्रम सञ्चालन गर्दै आएको मकवानपुर बहुमुखी क्याम्पसमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नयाँ शैक्षिकसत्रबाट मकवानपुर बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायअन्तर्गत स्नाकोत्तर तहमा अंग्रेजी र शैक्षिक मूल्यांकन विषयको अध्यापन सुरु हुँदैछ । यसै विषयमा मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीसँग ज्योति न्यौपानेले गर्नुभएको कुराकानीः

मकवानपुर बहुमुखी क्याम्पसले स्नाकोत्तर तहमा शिक्षा सङ्कायको अध्यापन सुरु गर्ने तयारी गरेको छ । स्नाकोत्तर तहमा पनि शिक्षाशास्त्रको कार्यक्रमको आवश्यकता भएको हो ?

अधिकारीः मकवानपुर बहुमुखी क्याम्पसले शिक्षाशास्त्र संकायको स्नातक तहमा २०५९ सालदेखि कक्षा सञ्चालन गर्दै आएको छ । त्यस बीचमा बिएड उत्तीर्ण भएका विद्यार्थीहरुले धेरै अगाडिदेखि नै स्नातकोत्तरको तह एमएडको पढँइको माग हुँदै आएको हो । त्यस क्रममा हामीले विभिन्न तहको पहल गरयौँ । यस वर्षबाट एमएड तहको स्वीकृति प्राप्त गरेका हौँ । विशेषगरी विद्यालय तहदेखि क्याम्पस तहसम्म पढाउनको लागि शिक्षा सङ्काय अन्तर्गत अध्ययन गर्ने शिक्ष्ँकहरू उत्पादन गर्ने एउटा उद्देश्य हो भने अध्ययन अध्यापन कार्यमा अरु विषयको शिक्ष्ँक भन्दा शिक्षा विषयको शिक्षकहरु शिक्ष्ँण सिकाई प्रक्रिया विभिन्न शिक्षण सामग्री अथवा शिक्षण विधि विषयमा बढि जानकारी हुने भएको कारणले गर्दा यो सङ्काय सञ्चालन गर्न लागेको हो ।

हेटौडाका अन्य क्याम्पसले शिक्षा शास्त्र सङ्कायको कक्षा सुरु गरिरहँदा मकवानपुर बहुमुखी क्याम्पसले पनि फेरि त्यही सङ्कायले सुरु गर्दा अस्वस्थ प्रतिस्पर्धा भएन र ?

अधिकारीः शिक्षामा प्रतिस्पर्धा हुन्छ, तर हामी अस्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दैनौं । हामी मिलेर नै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने हो । किनभने एउटा क्याम्पसले चलाएको कार्यक्रम अर्को क्याम्पसमा कहिलेकाहीँ आउँछ । सबै कुरा चाहेर मात्र हुन्छ भन्ने पनि छैन । हामीले सोचे जसरी सबै विषय प्राप्त गर्न पनि सकेनौँ । यसपल्ट एमएड मा अङग्रेजी इपिएम दुईवटा विषय प्राप्त गर्न सकेका छौं । त्रिविले स्वीकृति दिएको छ । हामी दुबै क्याम्पसको बीच एकआपसमा सहयोगी भावना विकास गरेर यो सहयोगहरू आदनप्रदान गर्दै अगाडि बढ्छौं । अस्वस्थ प्रतिस्पर्धा हामी गर्दैनौं ।

मकवानपुर बहुमुखी क्याम्पसमा धेरै विद्यार्थीहरु छन् जसलाई एउटा पूर्णरुपमा व्यवस्थापन गर्न सकेको छैन भन्ने गुनासो चलिरहेको बेलामा अर्को संकाय थप्दा यसले अप्ठेरो सिर्जना गर्दैन ?

अधिकारीः  बिहानको समयमा अलिकति व्यवस्थापन गर्नलाई गाह्रो भएको हो । क्याम्पस प्रशासनमा हामी भर्खरै आएका हौं । हामी आफ्नो हिसाबले पहल गर्दैछौं र त्यसलाई पनि व्यवस्थित गर्दै लैजान्छौं र यो साँझमा चल्ने कार्यक्रम हो । साँझमा चल्ने कार्यक्रम धेरै राम्रोसँग चलिरहेको छ । अरु विषयहरु पनि चलिरहेको छ । सबै व्यवस्थित रुपमा चलिरहेको छ ।

मकवानपुर क्याम्पस अहिले नयाँ सञ्चालकले नेतृत्व गर्दै आएको छ, क्याम्पसप्रति आकर्षण बढाउनका लागि यहाँहरुले के गर्दै हुनुहुन्छ ?

अधिकारीः मकवानपुर बहुमुखी क्याम्पसमा हामीले चाँडै नै श्रव्यदृश्य अर्थात मल्टिमिडियाको प्रयोगबाट सबै कक्षामा पढाउने कुरा छ । शिक्ष्ँकलाई शिक्ष्ँण सिकाई प्रक्रियाका बारेमा तालिमहरु दिने योजनाहरु बनाइराखेका छौं । त्यसैगरी शिक्ष्ँण सिकाई प्रक्रियालाई चाहिँ अनुसन्धानसँग जोडेर अनुसन्धानात्मक विधि अपनाएर शिक्ष्ँण सिकाई प्रक्रियामा सुधार गर्ने, शिक्ष्ँण सिकाई प्रक्रियाबाट सिकाईलाई नतिजामुखीतिर लैजाने र शिक्षामा गुणस्तरीय शिक्षा वृद्धि गर्नाको लागि हामीले विभिन्न योजना बनाएर राखेको छौं । कार्यान्वयन गर्न त्यो फेजमा पुगेका छैनौं निकट भविष्यलाई नै हाम्रो योजना कार्यान्वयनमा आएपछि गुणस्तर वृद्धिमा सुधार हुन्छ ।

योजना बनाउँदा सुझावहरु कोसँग लिनुहुन्छ ?

अधिकारीः हामीले नयाँ योजना बनाउनुभन्दा अगाडि सुझाव सङ्कलनको कामहरु हुन्छ । हाम्रो आफ्नै एउटा उद्देश्य छ । त्यो उद्देश्यहरु तयार भइसकेपछि त्यो अनुसारको सुझाव सङ्कलन हामी सरोकारवाला जोजो हुन्छन् त्यहाँ विद्यार्थी अभिभावक सञ्चालक समिति प्राध्यापकहरु पनि कर्मचारी सबैसँग सुझाव सकंलन गर्छौ । उहाँहरुको सुझावलाई पनि समायोजन गरेर अनि हामी एउटा विशिष्ट खालको योजना बनाएर अगाडि बढ्छौँ ।

अहिले क्याम्पसमा कुन सङ्कायमा विद्यार्थीको चाप बढिरहेको छ ?

अधिकारीः  हामी कहाँ व्यवस्थापन संकायमा विद्यार्थीको चाप अलि बढी छ । अरु संकायमा पनि अहिले बढ्ने क्रम रहेको छ शिक्षा संकायमा पनि विद्यार्थी अहिले धेरै नै बढिरहेको छ । मानविकी सकांय चाहिँ हाम्रोमा मात्रै पढाई हुन्छ त्यो कारणले मानविकी सकांयमा पनि विद्यँर्थी स्वाभाविक नै हो ।

विद्यार्थीको शैक्षिकअवस्था हेर्दा अवस्था हेर्दा बढी उत्तीर्ण हुने दर कुन सङ्कायमा देखिन्छ ?

अधिकारीः संकायको हिसाबले हेर्दा विज्ञान संकायको रिजल्ट अलि राम्रो छ । त्यसपछि शिक्षा सङ्कायमा राम्रो छ । त्यसपछि वाणिज्य वा व्यवस्थापन सङ्काय र मानविकी सङ्काय हुँदै राम्रो छ । कहिले काहिँ तलमाथि भइरहन्छ । विज्ञान संकाय नै उत्कृष्ट नै छ ।

यहाँबाट पढेर गएका विद्यार्थीहरू कहाँ कहाँ खपत भएका छन् केही त्यस्तो रेकर्डहरु पाउनुभएको छ ?

अधिकारीः विज्ञान सकांयबाट पास हुने धेरैजसो रोजगार नै छन् । कोही डाक्टर भइसके, कोही इन्जिनियर भइसके कोही शिक्ष्ँककै रुपमा काम गरिहेको छ । कोही विभिन्न कम्पनीहरुमा केमिस्टरको रुपमा काम गरिरहेको छन् । शिक्षाको कुरा गर्दा पनि धेरै विद्यँर्थीहरु लगभग धेरै विद्यार्थीहरु रोजगार छन् । बिएड पास गरिसकेपछि शिक्ष्ँकमा नाम निकालेर पनि गएका छन् । त्यसैगरी लोकसेवा आयोगको तयारी गरेर पनि गएका छन् । अब वाणिज्य संकाय त झन विभिन्न खालको यो सहकारीहरुमा आवद्ध भएका छन् । त्यसैगरी बैङ्कमा जागिर गरेको छन् । विभिन्न कम्पनिहरुमा पनि लेखापालको रुपमा जागिर प्राप्त गरेको छन् । अनि यतापट्टि हाम्रो मानविकी संकायको पनि विशेषगरी मानविकी सकांयको विद्यार्थीहरुको पनि लोकसेवा आयोगप्रति बढी आकर्षण छ । मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि लोकसेवा आयोग तयारी गरेर धेरै संख्यामा नाम निकालिरहेका छन् ।

Originally Published in Samriddha Samaj National Daily


मकवानपुर क्याम्पसमा खेलकुद महोत्सव

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यालय युनियन (स्ववियु) को आयोजनामा खेलकुद महोत्सव जारी छ । पुस १० गतेबाट सुरुभएको स्ववियु खेलकुद महोत्सवको सातौं दिन बिहिबारसम्ममा भलिबल, क्रिकेट, कबर्डी, वक्तृत्वकला, चित्रकला, टेबल टेनिस, ५ किलोमिटर दौड लगायतका खेलहरुको फाईनल भैसकेको छ । त्यस्तै फुटबल प्रतियोगिता भने नकआउट चरणको दास्रो खेलहरु भैरहेका छन् । फुटबल प्रतियोगितामा जम्मा ५६ वटा टिमहरु सहभागि भएका छन् ।

भलिबलको पुरुषतर्फ व्यवस्थापन संकाय अंग्रेजी माध्यम प्रथम वर्षले र महिलातर्फ पनि व्यवस्थापन संकाय अंग्रेजी माध्यम प्रथम वर्षले नै उपाधि जितेको छ । क्रिकेटमा भने व्यवस्थापन संकाय अंग्रेजी माध्यम तेस्रो वर्षले जित हात पारेको छ । कवर्डी खेलको पुरुष र महिला दुबैतर्फ मानविकी संकाय कक्षा १२ ले खेलमा बाजी मारेको छ । बिहिबार टेवल टेनिस प्रतियोगिताको फाइनल खेलमा व्यवस्थापन संकाय प्रथम वर्षका सन्दिप कार्की प्रथम, व्यावस्थापन संकाय प्रथम वर्षकै विकल बर्तौला द्वितीय र विज्ञान संकाय कक्षा ११ का प्रसान प्रधान तृतीय भएका छन् । ५ किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ सागर लामा प्रथम, सुशील कुमार मण्डल दोस्रो र सुन्दर लो तेस्रो भएका छन् भने महिलातर्फ पहिलो आशामाया ब्लोन, दोस्रो रितिका तिमल्सिना र तेस्रो अमृता मोक्तान भएका छन् । त्यस्तै चित्रकलातर्फ भने विविएम तेस्रो सेमेस्टारकी सन्ध्या शाही प्रथम, व्यवस्थापन संकाय कक्षा १२ का निरज चौधरी वितीय र विज्ञान संकाय कक्षा १२ का विशाल बर्तौला तेस्रो भएका छन् । बिहिबार नै भएको १०० मिटर दौडको महिलातर्फ सन्ध्या आचार्य प्रथम, निर्जला राना मगर द्धितीय र अमृता मोक्तान तृतीय भएका छन् । पुरुषतर्फ सुवास घिमिरे र सुन्दर लो पहिलो, किसन लामा दोस्रो र बिरोज प्रजा राना तेस्रो हुन सफल भएका छन् ।

Originally Published in Samriddha Samaj National Daily

This will close in 3 seconds